मुनामदन लय मा गाउनुहोला
krishna shrestha
siluwa 6 palpa
now south korea
छानो त्यो खर पुरानो घर देखेर रोएँ म
माटोको गारो चर्केको चर देखेर रोएँ म
घरैको छेउ केराको बोट ढल्केर गएको
सुकेको बाँस निम्छरो भर देखेर रोएँ म
डाँडामा घर भिरालो ठाउँ बर्षाको झरीमा
लैजाला बगाई पैराको डर देखेर रोएँ म
उकाली चढ्ने गोरेटो बाटो थकित पार्दछ
बिरानो गाउँ ढलेको बर देखेर रोएँ म
बाबा त छैन छाडेर गए आमा नी बिरामी
ति बुढी आमा नचल्ने हर देखेर रोएँ म
krishna shrestha
siluwa 6 palpa
now south korea
छानो त्यो खर पुरानो घर देखेर रोएँ म
माटोको गारो चर्केको चर देखेर रोएँ म
घरैको छेउ केराको बोट ढल्केर गएको
सुकेको बाँस निम्छरो भर देखेर रोएँ म
डाँडामा घर भिरालो ठाउँ बर्षाको झरीमा
लैजाला बगाई पैराको डर देखेर रोएँ म
उकाली चढ्ने गोरेटो बाटो थकित पार्दछ
बिरानो गाउँ ढलेको बर देखेर रोएँ म
बाबा त छैन छाडेर गए आमा नी बिरामी
ति बुढी आमा नचल्ने हर देखेर रोएँ म