santaman shrestha
siluwa 9 palpa
गह भरि आँसु पारेर आएको छु प्रदेश
राख भन्दै मुटु छाडेर अएको छु प्रदेश
सुत्न निन्द्रा लाग्दैन उठेर काहाँ जाउँ
जाने ठाउँ धितो राखेर आएको छु प्रदेश
भन्दै थिईन रुंदै उनी नगएनी हुन्न हजुर
छिट्टै फर्कि आउँछु भनेर आएको छु प्रदेश
सोचे जस्तो हुन्छ भनि छोडें नाला बाला
आफ्नै गाउँ घर ठानेर आएको छु प्रदेश
भेटी मुटु चढाएर मन्दिरमा के-के माग्य
देखे जति मुर्ति ढोगेर आएको छु प्रदेश
.
.
.. सल्लीन"""
सुत्न निन्द्रा लाग्दैन उठेर काहाँ जाउँ
जाने ठाउँ धितो राखेर आएको छु प्रदेश
भन्दै थिईन रुंदै उनी नगएनी हुन्न हजुर
छिट्टै फर्कि आउँछु भनेर आएको छु प्रदेश
सोचे जस्तो हुन्छ भनि छोडें नाला बाला
आफ्नै गाउँ घर ठानेर आएको छु प्रदेश
भेटी मुटु चढाएर मन्दिरमा के-के माग्य
देखे जति मुर्ति ढोगेर आएको छु प्रदेश
.
.
.. सल्लीन"""
krishna shrestha
siluwa 6 palpa
haal south korea
थमायौ हातमा रमाना यो कस्तो
जोड्दै तोड्ने जमना यो कस्तो
पहिला आयौं जिन्दगी सिगार्यौ
बाध्याताको नौलो बाहाना यो कस्तो
मेरो कमजोरीको फाईदा उठायौ
स्वार्थ पूर्तिको जोखना यो कस्तो
हारमा दियौ उपहार र ताली
द:खमा गाना बजाना यो कस्तो
सल्काई आगो जिन्दगी जलायौ
प्रहार माथी प्रहार निसाना यो कस्तो
krishna shrestha
siluwa 6 palpa
haal south korea
गगनमा झल्मलाउने, सशि बनि आयौ तिमी
जिन्दगीको रिफील्मा, मसी बनी आयौ तिमी
षड्यन्त्र संग पैठेजोरी, भिड्दै थिएं म एक्लै
सत्यताको मापन गर्ने, कसि बनी आयौ तिमी
जिन्दगी नै छुट्न लाथ्यो, सपनाहरु मेटिएर
आसाहरु जोड्ने, रसी बनी आयौ तिमी
बिस्तारै गोरेटोमा, हराउँदै थिए खुसीहरु
हराएको खुसी खोज्न, दसी बनि आयौ तिमी
मन भित्रको भुकम्पले , जोशहरु काँप्दै थिए
जिन्दगीको छितिजबाट, शाहसी बनी आयौ तिमी
krishna shrestha
siluwa 6 palpa
haal south korea
यस्तै हो भने देश रहन्न अब
हिमाल,पहाड,मधेश रहन्न अब
लगाउँदै छन् भाग देशलाई
सबैको साझा मेश रहन्न अब
जातिय नाममा बाँड्दै छन् प्रदेश
राष्टियताको लेश रहन्न अब
पश्चिमी शैली भित्र्याउदै छन्
नेपाली भाषा भेष रहन्न अब
बन्द, हरताल, चलिरहन्छ सधैं
इतिहासको शेष रहन्न अब.सन्तमान "" सल्लीन""
सिलुवा-६ पाल्पा
हाल मलेसिया
यात्रा मेरो लामो थियो रात प-यो हेर
शिखर चढ्ने रहर खाली हात प-यो हेर
गन्तब्य पहिल्यादै पाइलाहरु सारी राथें
वेकसुरमा झुटो मलाई बात प-यो हेर
साथ दिन्छु भन्थें अघि पछी अप्थेरामा
हात भनी समातेको लात प-यो हेर
उकाली र ओराली तर्नु पर्ने खोला नदी
झनै पिडा थपीदिने वर्षात प-यो हेर
..
....सन्तमान ""सल्लीन""
सिलुवा-६ पाल्पा...
सोचिरहन्छु | त्यसैले टुटे फुटेका शब्दहरु संकलन
गरी सानो गजल तयार परेको छु | मिठो नमिठो स्वाकार्नु ल....
गल्ती सुधारी वाचन गरीदिनु होला ...
छट्पताउँछ रुवाउँछ अभिनय यो कस्तो हो
आँसु हरु नरोकीने जलाशय यो कस्तो हो
जिन्दगीले चोटहरु दियो गनी गनी मलाई
दुख्ने घाउ कोत्याई रहने समय यो कस्तो हो
साथ टुट्यो नाता टुट्यो साहारा विहीन भएं म
जिन्दगीमा संघर्ष संगको पराजय यो कस्तो हो
झस्किरहन्छ मन यो एकान्तमा जहिल्य पनि
आफ्नै मन भित्रको त्रास अनी भय यो कस्तो हो
आफ्नै भनी आउँछन मन मुटु साट्न भन्छन्
टुटी जाने केवल पल भरको परिचय यो कस्तो हो
.
सल्लाह सुझाब प्रतिकृया दिन नभुल्नु होला
धन्याबाद..
श्यामु श्रेष्ठ " प्रयास "
भानुमति-७, तनहुँ
मैले लेखेका गजलका केहि विषय वस्तु र शब्दले मेरी श्रीमतीको मन दुखेछ | हिजो मसँग धेरै रिसाईन् र गुनासो पोखिन् | धेरै कोशिस् गर्दा पनि फकाउन सकिन | आज त म गजलको माध्यम बाटै फकाउने सुरसार गर्दैछु | कतै उनि रिसाउन छोड्लिन कि त |
म त तिम्रै राजा तिमी नै हौ मेरी रानी प्रिय
तिमी नै हौ मन, मुटु र आँखाको नानी प्रिय
मेरो जीवनको सहारा भन्नु तिमी मात्र त हो
बितेका त्यो पल मात्र अतित कहानी प्रिय
एउटै रथका दुई पांग्रा भई जीवन काट्नु छ
तिमी हौ प्यास लाग्दाको मेटाउने पानी प्रिय
मलाइ बुझ्नु पर्छ विश्वास ले नै चल्छ जीवन
छाड्नु पर्छ सँधै तिम्रो शंका गर्ने बानी प्रिय
एक्लै बस्दा बहकिन्छु र गजल लेख्ने गर्छु
नदुखाउ मन आफुलाई नै भनेको ठानी प्रिय
santaman shrestha
siluwa 9 palpa
आँखा अघि अर्कै सित माया साटे पछि
पिर पर्यो मायालुले डाँडै काटे पछि
अजम्बरी माया भन्थ्यौ काहाँ गयो आज
आफ्नो मात्र भलो हेरी रहर बाटे पछि
दु:ख सुख जिन्दगीको संगै जाँघर तर्छु भन्थ्यौ
बाँच्नु अर्थ के रह्यो र बाचा कसम ढाँटे पछि
एक्लै याहाँ तड्पिएर कति सम्म बाँचुला र
अञ्जुलीमा सजाएको माया फाटे पछि
विश्वास घाति निष्ठुरीलाई पोखौं के गुनासो
माया भन्दै यो दु:खीको ज्यानै चाटे पछि
krishna shrestha
siluwa 6 palpa
बर्षातको झरी सरी, दर्किएर नरोउ सानु
हाँसी हाँसी बिदा देउ, धर्किएर नरोउ सानु
तिम्रै लागी खुसीहरु ,सम्हालेर ल्याउनेछु
बिदाईमा मुस्कान छर, फर्किएर नरोउ सानु
बिछोडका पिडाले, असह्य होला तिमीलाई
आफै भित्र सह्मालिनु, चर्किएर नरोउ सानु
अत्यास लाग्ला तिमीलाई, पर्खाईका दिनहरु
छिट्टै फर्कि आउँछु घरमा, पर्खिएर नरोउ सानु
म बिना एक्लो हूँदा , सम्झनाले सताउदा
झल्को आउँदा तस्बिर, अर्पिएर नरोउ सानु
मनको गायक -कथा
दुर्गा ढेंगा
म एक गायक हुँ । अत्यन्तै राम्रो गायक । अत्यन्तै प्रिय गायक । एकदमै कुशल गायक । मर्मस्पर्सिय गायक ।
गायक हुनु भनेको गीत गाउनु मात्रै हैन । गीत गाउनु भनेको गुनगुनाउनु मात्रै हैन । गीत गाउनु भनेको भाखा हालेर बोल्नु मात्रै हैन । गीत गाउनु भनेको कोएली जस्तै बोल्नु मात्रै हैन । गीत गाउनु भनेको...मात्रै हैन ।
हो, म एउटा गायक । उ सुन्दथीन् मेरा गीतहरु । प्रिय गीतहरु । ह्ृदयस्पर्सि गीतहरु । त्यसैले त उ रातारात निदाउँदिनथीन् । दिनभर काममा हराउँदथी । छाड्दिन्थीन् मेरो गीत सुन्नका लागि । यसो भनुँ, मेरो गीत सुुन्नु नै उसको हमेसा काम हुन्थ्यो । लाग्थ्यो कि म नै उनको सबै हो । जीवन हो । सर्वेसर्वा हो ।
उनी भन्दथी, “हजुर त ठूलो गायक । नेपालको नातीकाजी भन्दा ठूलो । नारयाण गोपाल भन्दा ठूलो । साकिरा भन्दा ठूलो । माइकल ज्याक्सन भन्दा ठूलो । हो तिमी संसारकै ठूलो गायक । यो धरती कै एक महान गायक । हजुरको गीत सुनेर मान्छेहरु फिदा हुन्छन् । हायलकायल हुन्छन् । गीत सुन्नकै लागि मान्छेहरु सात मात्रै हैन । आठ समुन्द्रै तर्न तयार हुन्छन् । हजुरको अटो ग्राफ लिनको लागि विल क्विन्टन हाजिर हुनेछन् । मन्डेला आउनेछन् । जर्ज डब्लु बूस आउनेछन् । इभान्जुएला आउनेछिन् । माधुरी दिक्षित आउनेछिन् । लेखक मार्खेज आउनेछन् । भ्लादिमिर नोबोकोभ आउनेछन् । बस्, मेरो राजा । बस् एकचोटी कन्सर्ट राख्नुपरो ।”
म गाउँथे मन लगाएर । आँखा चिम्म गरी गरी भावमा डूवेर । अन्यत्नै मीठो स्वरमा । त्यसैले त जव म गाउँथे । मेरा साथीहरु चुप लाग्थे । मेरो गीत सुन्नको लागि ।
...
उनी मलाई हरहमेसा यसरी नै हौसला दिइरहेकी हुन्थिन् । यसको गर्न पाउँदा आफ्नो कर्तब्य पुरा गरेको समिझन्थिन् । र त अरुको अगि आफूलाई सन्टुष्ट भएको देखाउँथिन् । मलाई देख्ना साथ मुस्काउाथिन् । म पनि उसरी नै मुस्काउँथेँ ।
उनी भन्थिन्, “मेरो राजा हजुर ! तिमी सधैँ यसरी नै हाँस्नु । संसारले गाउँन नसकेको गीत गाउनु ।”
“हुन्छ ।” म मनमनै भन्थेँ । अनि उनको अघि फिस्स हाँस्थे । यसरी हाँस्दा म झन् ह्याण्डसम् देखिन्छु रे ।
उनले मलाई गीत गाउन मात्रै हैन । विभिन्न बाद्यबादनको पनि ज्ञान दिई । गीतार, सीतार, हार्माेनियम, तवला मात्रै हैन । ड्रमसेट पनि सिकाइन् । यी सबै चिज जान्ने उनले चाहीँ कति जानेका होलान् ? तर उसले कहिल्यै रोम्रो बजाउँछु भनेर भनिनन् । सधैँ मलाई नै राम्रो भनिरहिन् । मेरो नै प्रशंसा गरिरहिन् ।
गीत त मनले गाउँनु पर्छ । उनी मलाई सधैँ हौसला दिइरहेकी हुन्थिन् ।
...
उनी । उनी अर्थात प्रतिष्ठा । प्रतिष्ठा घिमिरे ।
गुलावी सारीमा सजिन्थिन् । जवानी मस्त मस्त । गालाहरु राताराता भएका । बाटुलो निधार भएको । नाक केही लामो भएको । तर नाकको टुप्पामा कत्ति पनि रिस नभएको । बरु बडेबडे छातिभित्र माया नै माया भरिएको । हैन माया भरिएरै केटीमान्छेको छाती ठूला हुन्छन् कि के हो ?
उचाई पाँच फिट पाँच इन्च । मिलेको सुडौल जीऊ । जीरो फिगर यस्तैलाई भन्दाहुन् ।
मेरा बाले छ महिना अगि यिनीसंग भेट गराए ।
“यो तिम्रो सहयात्री । सहयात्री । अब हाम्रो अभावमा यिनले नै तिमीलाई माया गर्नेछिन् ।
सम्हाल्नेछिन् तिम्रो ब्यबहार । तिम्ले यिनीबाट सबै कुरा पाउन सक्छौ । धक नमानेर माग्नु । सम्झ, यिनी तिम्रै हो ।”
त्यसपछि बाआमा घर छाडेर गैहाले । म आवाज शुन्य भएर हेरिरहेँ । उनीहरु विदेश गएका थिए । सायद मलाई कसैको जिम्मा लगाएर । र तिनीहरुले मलाई दिएका थिए, बुटवल विच बजारको भब्य घर । चारतले ।
म त्यतिवेला भर्खर सोह्र बर्षको थिएँ । त्यसपछि बाआले कहिल्यै सम्फर्क गरेजस्तो मलाई लाग्दैन । तर प्रतिष्ठाले सधैँ सम्झेको छ भन्थिन् । तर मलाई विस्वास लाग्दैनथ्यो ।
किनभने मलाई फोनमा बोल्न कहिल्यै दिइनन् ।
“आज म तिमीलाई वर्थ डे गिफ्ट के दिन्छु थाहा छ ?” एकदिन प्रतिष्ठाले सोधिन् ।
मलाई के थाहा ? टाउको हल्लाइदिएँ । बेला बेला उनले पनि मलाई रिस उठाउँथिन् । जव धेरै नै माया देखाउँथिन् । मलाई कस्तो कस्तो लाग्थ्यो । बनावटी प्रेम । बाआमाको जस्तै ।
बाआमाका म बाहेक अरु सन्तान थिएनन् । म एक्लो छोरो । जसले कहिल्यै सन्तोक दिन जानिनँ रे । कहिल्यै राम्रो बोलिनँ रे । कहिल्यै ब्यवहार राम्रो भएन रे । कहिल्यै कक्षा उत्तिर्ण भइनँ । कहिल्यै साथीसंग खेल्न गइनँ । कहिल्यै आमालाई तरकारी काट्न सघाइनँ । कहिल्यै खाना मीठो भयो भनिनँ । कहिल्यै बाको विँडो थाम्ने आशा मात्रै पनि देखाइनँ रे ।
कहिल्यै दाँत देखाएर हाँसिनँ । कहिल्यै गाइनँ । कहिल्यै नाचिनँ । कहिल्यै कोठा साफ गरिनँ । बरु जहिल्यै ओछ्यान मुतिरहेँ ।
त्यसैले त बाआमा मसंग दिक्क भएका थिए । त्यसैले त प्रतिष्ठाको जिम्मा लगाएर आफ्नो बाटो लागे । उनीहरु विदेश जाँदा करोडौँको त पसलमात्रै बेचेका थिए रे ।
...
प्रतिष्ठाले के के मात्रै गरिनँ । ओछ्यान सुत्नेसंग संगै सुतिदिइन् । जाँडोमा न्यानो भइदिइन् । मलाई हँसाइन् । मलाई नचाइन् । बोलाइन् । बोल्न लगाइन् ।
म पनि ह्याण्डसम् छु । यसै भन्दिइन् । त्यसैले आफूले मसंग विहे गरेकी अरे । त्यसैले हरेक रात मलाई आमा बनाऊ भन्दथिन् । किनकिन मैले उसलाई बच्चा उपहार दिन भने सकिनँ । तर पनि उ पुर्ण भएकी झैँ हुन्थिन् ।
अझ सबैभन्दा ठूलो कुरो उसले मलाई गीत गाउन सक्षम बनाइन् । जुन् कुरा मेरा बाआमालाई थाहैछैन । मेरा बाआमालाई थाहै छैन, छोरा गायक भैसक्यो । संसारकै महान गायक । के मेरो गीत सुनेर बाआमा भावुक नहोलान् ?
प्रतिष्ठाले मलाई स्कुल जान दिइनन् । बरु घरैमा आफैले पढाइन् । लैलामज्नुको प्रेमकथा पढाइन् । सेक्सपियरको रोमियो जुलियत पढाइन् । चेखव पढाइन् । टेगौर पढाइन् । मार्खेज पढाइन् ।
मलाई साकिरा सुनाइन् । माइकल ज्याक्सन् सुनाइन् । लता मंगलेस्कर सुनाइन् । नातीकाजी सुनाइन् । नारायाण गोपाल सुनाइन् ।
अनि हेराइन्, अ थाउजेन्डस् वर्ड्स् । द आर्टिष्ट देखाइन् । वर्फि देखाइन् । मौन देखाइन् ।
अनि त म पनि गायक भैहालेँ । सा रे ग म जानिहालेँ । गीत आफैँ लेख्न सकिहालेँ । हातमा गीतार चलाउन सक्ने भैहालेँ ।
गीत गाउन जो कोही सक्दैन । सक्दैन सक्दैन । जिव्रो चल्ने सबैले गीत गाउन सक्नेभए संसारमा सबै गायक हुन्थे । किन म मात्रै फेमस भएँ । किन म मात्रै संसारकै महान भएँ ? किन मेरा गीत सुन्ने वित्तिकै मान्छेहरु फिदा हुन्छन् ? किन अरुले मैले झैँ गति गाउन सक्दैनन् ?
मेरा यी सबै पश्नको उत्तर प्रतिष्ठाले एक्कै जवाफमा दिइन्, “अरुले गीत मुखले गाउँछन् । मेरो राजाले मात्रै मनले गीत गाउँछ । मनको गायक ।”
...
अन्त्यमा,
आज म बोल्न सक्छु । आज म साँच्चिकै गीत गाउन सक्छु । साँच्चिकै हाँस्न सक्छु ।
मेरा बाआमाले मलाई हेला गरेका थिए । म बोल्न नसकेकोमा । लठ्याक्रो भएकोमा । लपस्तरा भएकोमा । त्यसैले उनीहरुको अगि म पर्ने वित्तिकै रिस उठ्ने गथ्र्याे । मसंग झर्किन थाल्थे । मलाई सराप्न थाल्थे । मेरो नाम लिएर भगवान पुर्कान थाल्थे । यो दिन किन देखायौ ?
हिज मात्रै प्रतिष्ठाले मलाई एक्लै छाडेर गइन् । खासमा उसको अन्तै ब्वायफ्रेन्ड थिएछ । उसले त रोजगारीको लागि मेरो हेरचाह गरिरहेकी थिइन् । यसविचमा उनले सालाखाला दुइलाख कमाइन् रे ।
उनको चित्र मेरो जीवनमा अझ ताजा रहनेछ । कहिल्यै बोल्न नसक्ने म । मलाई बोल्न सक्ने बनाई । मलाई हिम्मत देखाइदिइन् । माया देखाइदिइन् । र त म आज गायक भएँ ।
उसले मलाई मेरो रेकर्डेड गीत छाडेर गएकी छिन् । म सुन्नेछु फुर्सदमा । तर आज मलाई हतार छ बाआमालाई खवर गर्न । जे भएनी उनीहरु मेरा बाआमा हुन् । म उनीहरुको छोरो हुँ । कसो माया नपलाउँदो हो । मेरो यो खवरले खुसी छाउँदो हो ।
प्रतिष्ठाले भनेकी थिइन्, “तिम्रो बोली बाआमालाई सर्प्राइज हुनेछ ।”
उनले मलाई फोन नम्बर दिइनँ । इमेल दिइन् ।
अन्तमा मैले बाआमाको नाममा मेल लेखेँ,–
“बा, आमा । म तपाइँको छोरो हुँ । तपाईँको त्यही छोरो, जसको नाम तपाइँहरुले जानेरै राख्नुभएको थियो, अभर । जसले तपाइँहरुलाई भर दिन सकेन । आज त्यही अभरले यो मेल लेखेको पाउँदा अचम्म लाउँदो हो ।
हो म त्यही अभर हो । आमा, जसले तपार्इँलाई सधैँ ओछ्यान भिजाएर दुःख दिइरह्यो । उ नै आज तपार्इँसंग संवाद गर्न तयार छु । आतुर छु । आमा, तपाईँलाई एउटा कुरा भनुँ ? बास्तवमा मैले कहिल्यै ओछ्यान मुतिनँ । त्यो त तपाईँहरुको गाली सहन नसकेर निस्केका आँसुले भिजेको हुन्थ्यो । हरेक रात म रोएरै विताउँथेँ ।
म तपाईँहरुकै प्रतिक्षामा छु । कृपया छिटो आउनुहोला । अनि फोन नगर्नुहोला । किनकी प्रतिष्ठाले भनेकी छिन् कि, यो मेरो बोली तपाईँहरुलाई सर्प्राइज हो रे । ती महान ब्यक्ति जसले मलाई बोल्न सक्षम बनायो, उसैले भनेको किन नमान्नू ?
तपाईँको प्रतिक्रिया छिट्टै पाउने आशामा...!”
त्यसपछि प्रतिष्ठालाई पनि छोटो एउटा मेल लेखेँ । जुन उनी जानेवेला मुखले भन्नै सकिनँ । उनको मायाले रोकेको थियो मलाई ।
“प्रतिष्ठा । तिमीले गरेको कार्यप्रति धेरैधेरै धन्यवाद ।”
त्यसपछि लेख्नै सकिनँ ।
...
बाबाले तुरुन्तै मेल पठाए ।
“प्यारो छोरा । हामी पर्सि आइपुग्छौँ । हामी काठमाण्डू छौँ । तिम्रो उपचारको लागि हामी टाढा भएजस्तो भएका थियौँ । बास्तवमा हामी तिम्रै साथमा थियौँ बाबु ।”
पढेर म छक्क परेँ ।
अनि दुइदिन एकदिनभरी प्रतिष्ठाको मेलको रिप्लाई कुरिरहेँ । सयौँचोटी साइन इन, आउट गरिरहेँ । तर उसले रिप्लाई गरिनँ ।
शुभकामना उनलाई । सायद ब्याइफेन्डसंग डेटिङ गएकी छिन् कि ?