Sunday, September 13, 2020

चिनारी परिचय सिमल भन्ज्याङ

                                                                                                मिति २०५५/०७/ १ १ 

                                                                                                                   लक्ष्मण प्रसाद श्रेष्ठ सिलुवा पाल्पा 

 नेपाल को बिभिन्न रमणीय स्थान हरु छन।  बिभिन्न  प्राकृतिक  सौन्दर्य  ले भरिएको यस  मुलुक  बिदेशी  पर्यटक हरु दिन प्रतिदिन नगण्य रुपमा  भित्रिरहेका छन किन हो ? त बिभिन्न राष्ट्र को आफ्नै मौलिकता हुन्छन आफ्नै सौन्दर्यता हुन्छन। कुनै प्राकृतिक हुन्छन भने कुनै कृत्रिम हुन्छ। यस कारण  नेपाल मा प्रशस्त प्राकृतिक सौन्दर्य ले भरिएको ले नै यस देश  मा पर्यटक हरु बिभिन्न मुलुक बाट आइरहेका छन यस कारण नेपाल एक प्राकृतिक दृश्य ले भरिएको पाल्पा जिल्ला पनि हो।  कतिपय रमणिय स्थल हरु जिल्ला को   कुना  कुना  मा कुंठियेर रहेका हुन्छन त्यस  स्थान ले कुनै ठाउ पाएका हुदैन त्यस को कुनै मूल्य रहदैन। यस कारण  पाल्पा जिल्ला को सिलुवा गा वि स रहेको एउटा रमणीय स्थान  सिमल भान्ज्यांङ  को बारेमा एउटा  सानो परिचय दिएर यस स्थान  लाई चिनाउन लागी रहेको छु।





     पाल्पा  जिल्ला को सदरमुकाम तानसेन बाट  पूर्ब  ३९ कि मी मा रहेको सिलुवा गा वि स  को ६  न वडा रहेको    सिमल भान्ज्यांगङ  पुर्ब  माँ मझकोट पश्चिम माँ खालिबन  गा बी स  उत्तर माँ रामपुर साउथ  माँ खालिबन गा बी स  को बिच माँ रहेको छ।
  यस   सिमल भान्ज्यांङ  को बिशाल ठाउ मा  एउटा ठुलो वर  को रुख छ।  त्यस वर को रुख को वरीपरी  बिशाल चौर छ।  पूर्ब ठुलो नेवार  बस्ति उतर तिर मुक्ति क्षेत्र  बाट उनुमोदन  भई पाल्पा   स्यांग्जा  को  सिमाना बन्दै तनहु पाल्पा कै बिशाल   फाट जसलाई  रामपुर भनि चिन्दछौ त्यो  बाटो पनि नारायणी मा  पुग्ने आभिलाषा मा  बगिरहेको   कालीगण्डकी पनि हामी त्यस  सिमल भान्ज्यांङ  ( बर को रुख ) बाट देख्न सक्छौ।   स्यांग्जा  को बिभिन्न रमणीय तथा मनोरम दृश्य  जस्तै सेखाम ,डिसकोट ,साखर जस्तो मनोरम दृस्य हरु पनि हामी यस स्थान बाट  देखिन्छ। यति मात्र नभएर तनहु जिल्ला को गजरकोट पनि यस स्थान बाट प्रस्ट देख्न  सकिन्छ। दक्षिण  तिर हेर्दा पाल्पा जिल्ला को ठुलो मानिने हात्तीलेक  पनि यस  स्थान बाट देखिने मोटामोटी स्था
                      
   हिमाली दृस्य को प्रत्यक्ष रूप देखिने यस स्थान बिभिन्न पंछी हरू ले सजिएको यो जंगल अनि  सूर्योदय  को बिहानी मा काच को टुक्रा छरिएको आभास दिने ति  सिरु को पात मा टल्किएको  सित  को थोपा हरु आफै सुसेली मा गीत को झंकार दिदै बहिरहेको तुरुन्दी खोला मिठो संगीत मा झरी रहेको छहरा हरु को ताल मा गीत गाइरहेछ  चरा  हरु पनि  उनै कोहिली को कु हु  कु हु सब्द हरु पनि गुंजिरहेछ पखा हरु मा वल्लो रुख बाट पल्लो रुख मा उफरी उफरी गाई  को बच्छा  बाछी सग जिस्किदै रहेछ ति बादर का बच्चा हरु , सुरिलो भाषा माँ नेपाली लय घन्काई रहेछन सिलुवाली पिलुवाली ठीटा ठी टी हरु अनी  घांस  दाउरा  गर्न जाने जमात को को पनि ओरालो  लागि रहेछन सिरसिरे अबिरल स्वच्छ  हावा मा रमिरहेका छन बादलहरु पनि ,गोर्खाली को मनकामना पूरा गर्ने ढृढता लिएर बसिरहेको छ तिनै भगवती मनकामना। बिभिन्न स्थान  देखि लिएर रामपुर ,जान को लागि गुडिरहेका छन ति  गाड़ी हरु पनि तर  अति शान्त  छ त्यस स्थान कति  स्वच्छ छ ति वातावरण ,कति  गुंजायमान  छ ति झरना र पाखा पखारा यस्तो मनोरम स्थान हरु यस्तै यस्तै छन यस स्थान  को बिवरण  हरु।