Tuesday, November 8, 2016

अहिले नसोचे कहिले,बेलैमा होस् पुरयाउ जनहितमा जारी विचार

सरकारले स्थानिय निकायको निर्वाचन गराउन समय अगावै स्थानिय तहको संरचना वनाउन छिटो भन्दा छिटो राज्य पुःन संरचना आयोगलाई प्रतिवेदन वुझाउन भने अनुरुप देश भर स्थानिय तह गाँउपालीका र नगरपालीकाको खाका प्रस्तुत भईरहेको छ । यस संग संगै पाल्पा जिल्ला ले पनि स्थानिय तहको संख्या गाँउपालीका ८ र नगरपालीका २ गरि १० वटा वनाई खाका केन्द«मा प्रस्ताव को रुपमा पेश गरिएको छ । यसमा मैले सिलुवा को सरोकार राख्ने भएकाले सिलुवा कै कुरा गरौ ,सिलुवा लाई स्थानिय तहको पूर्वखोला गाँउपालिका पारिएको छ । जसमा सिलुवा ,विरकोट ,हेक्लाङ,जल्पा,रिङनेरह र देविनगर भनेर भनिएको छ । यसमा देविनगर हेक्लाङ भलै विरकोट कै असहमति हुन सक्छ । यो त्यहीका वासिन्दाले भन्ने विषय रह्यो । जहाँसम्म सिलुवाको विषय छ यो पनि अधिकांस को असहमति र केहि को सहमति हुन सक्छ । सिलुवामा वार्ड नं २,७ र ८ वाहेकका वार्डका वासिन्दा यो विषय सुनेर सहजै स्विकार्न कठिन हुन्छ । वार्ड नं ८ का वासिन्दा लाई निणर्य लिन केहि अप्ठ्यारो हुन सक्छ । स्थानिय तहको पुःन संरचना गर्नुको मुलभुत उदेश्य जनता लाई पायक पर्ने ठाँउवाट सजिलै सेवा सुविधा प्राप्त गर्नु हो तर अहिले स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक समितिको बैठकले जिल्लाका सांसद, राजनीतिक दल र पूर्व जनप्रतिनिधिहरुको सहभागितामा सर्वसम्मत नगर र गाउँपालिकाको प्रस्ताव तयार पारेको
भनेर भनिएको छ जिल्ला प्राविधिक समिती मा भएको सर्वसम्मत गाँउ गाँउमा किन असहमत <<<<<<< यसमा सिलुवा वासीको अधिकांस को असहमति नै छ । अनौपचारिक कुराकानी मा यो विषयले प्रस्ट प्रवेश पाएको छ । सिलुवामा आम मानिसमा यो अहिले प्रस्ताव गरिको संरचना ले थोरै उत्साहित होलान तर धेरै अधिकांस सिलुवा वासि उत्साहित छैनन् ।
रिङनेरह सिलुवाको केहि भेग लाई छोडेर पायक पर्ने क्षेत्र होईन र पनि सिलुवा लाई किन पूर्वखोला गाँउपालीकामा राखियो <<<<<<<भौगोलिक दृष्टिकोणले पनि पुर्वखोला किन ठिक रामपुर किन वेठीक<<<<<<< कसरी आयो यो विषय <<<<<<< सिलुवा पुर्वखोला भन्दा रामपुर नगरमै ठिक मान्नुमा त्यहाँ वसोवास गर्ने धेरै जना सोच्ने गर्दछन ् । रामपुर संग सिलुवा को ब्यापारिक । शैक्षिक ,स्वास्थ्य ,यातायात का कारण पनि रामपुर संगको सम्वन्ध घनिष्ट छ जति रिङनेरह संग छैन । र यी सवै विषयमा पूर्वखोला सिलुवाको प्राथमिकतामा पर्दैन त्यसैले पनि सिलुवा रामपुर नगरमै रहनु उचित हुन्छ की <<<<<<<सिलुवाको आफ्नो स्वार्थ अवस्य छ रामपुर संग जोडिदा सिलुवा लाई घाटा भन्दा धेरै फाईदा नै छ ।ब्यापारिक साईनो सिलुवा र रामपुर विच पुरानो साईनो हो शैक्षिक रुपमा पनि सिलुवाको पायक पर्ने केन्द« भनेको रामपुर नै हो यसमा कुनै दुई मत नै छैन र पनि यो विषय जुन सिलुवाको उज्ववल भविष्य संग जोडिएको विषय छ ,यसमा खेलवाड किन हुदै छ <<<<<<< यस अघि को प्राविधिक समितीको प्रतिवेदनमा सिलुवा लाई गल्धा वा मित्याल केन्द« अन्तर्गत राखिएको थियो, के यो यहाँका जनतालाई चित्त वुझ्दो थियो त <<<<<<< धेरैको चित्त वुझाउनु र कम को मात्र विमती हुनु सामान्य पक्रिया नै हो तर धेरैको चित्त नवुझाउनु र थोरै को विषयले प्रधानता पाउनु अलि राम्रो भएन की<<<<<<<<जनसंख्या कै लागि पुर्याउन खोजिएको हो भने त्यो झनै स्वीकार्य हुदैन जनसंख्या र क्षेत्रफल का कारण ले नि सिलुवा लाई राजनीतिक हिसाबकिताब कतिपय को मुद्दा होला तर सिलुवा लाई सुबिधा चाहिएको हो ,त्यो भनेको रामपुर नगर बाट धेरै होला ... सिलुवा वासी रामपुर नगर मै सिलुवा रहेको हेर्न चाहेका छन ् यो जरुरी पनि छ । के अव सिलुवा मा राजनिती गर्ने दलहरुले र तिनका नेता हरुले के यो पहलकदमी लिने समय भएको होईन ? हो यो समय अएको छ अव दलको र तिनका नेताहरु को परिक्षा का घडि आएको छ र अधिकांस सिलुवा वासी को यसमा साथ रहने छ । सव ैहातोमालो गरौ र यो असहमति लाई केन्द« सम्म पू¥याउन सवै राजनितिक दल ,नेता वुद्धिजिवी र आम जनताको साथ र सहयोग जरुरी छ । सिलुवा वासीको असन्तुष्टीका विच यस्तो प्रस्ताव आउनु दुःख लाग्दो विषय नै हो यो विषय हाम्रो पुस्ताको लागी मात्र होईन भावी सन्तती को लागी पनि उचित निणर्य लिने समय हो । यसको दिर्घकालीन असर रहन्छ त्यसैले समयमै आफ्नो तर्फ वाट गर्न सकिने कार्य गरौ । सिलुवा मा राजनितिक दाउपेच हरु होलान आ –आफ्नो ठाँउमा की सिलुवा पूर्वखोला गाँउपालिकामा रहनु र नरहनुले विशेष अर्थ राख्ला तर विषय सिलुवा लाई कम फाईदा छ की वढी फाईदा <<<<<< यसलाई मनन गरौ । सिमीत केहि ब्यक्तिको निणर्यले धेरै सिलुवालीको भविष्य माथि खेलवाड हुन नदियौ ।खवरदारी अहिल्यै गरौ तपाईको सम्पर्कमा रहनु भएका सांंसद ,नेता ,दल वुद्धिजिवि लाई घचघच्याउ ।।।।। सिलुवा मा राजनिती गर्ने राजनितीकर्मी हरुले समयमै उचित निणर्य लिई आफ्नो पार्टी ,संघ सस्था मा छलफल गरि उचित निर्णय लिई जनताको भलाईको लागी उत्तम काम गर्ने समय आएको छ । सवैले मिलेर संयमित भई विचार आदन प्रदान गरि छलफलमा सामेल भईदिनु होला ।
लेखकको निजि विचार