Tuesday, February 18, 2014

gajal

दर्शन नमस्ते मित्रजनहरु....
आज फेरी आनायसै मनका दु:ख पिडा, दर्द आँसू रोदन भावनाहरु
एका एक छछल्किदै आयो...
जता ततै छाताछुल्ल भई पोखीयो ||…
आउनुस् न मित्रहरु यसमा सामेल हौं
सल्लाह,सुझाब, प्रतिकृया जनाऔं !!...
..
......
एतै कुरा उतै कुरा, कुरा जान्ने कति कति
मिठो कुरा पस्किएर, छुरा हान्ने कति कति

साथ दिन्छु भन्छ याहाँ, सहयात्री बन्छु भन्छन्
चिफ्लो बाटो अफ्थेरोमा, खुट्टा तान्ने कति कति

रुखमा चढ्न लगाएर, हाँस्दै फेदी काट्छन् सबै
आफ्नो मान्छे आफन्तले, पराई ठान्ने कति कति

उज्यालोमा दियो बाल्छन् , अँधेरीमा निभाई दिने
बिना कसूर हड्कड्डी, नेलगडी बान्ने कति कति

मन मुटु लग्यो तन लग्यो, लुटियो साहारा सबै
उन्कै आसा पर्खाईमा, प्राण धान्ने कति कति
..santaman shrestha siluwa palpa
.....सल्लीन""""''