santaman shrestha
siluwa 9 palpa
आँखा अघि अर्कै सित माया साटे पछि
पिर पर्यो मायालुले डाँडै काटे पछि
अजम्बरी माया भन्थ्यौ काहाँ गयो आज
आफ्नो मात्र भलो हेरी रहर बाटे पछि
दु:ख सुख जिन्दगीको संगै जाँघर तर्छु भन्थ्यौ
बाँच्नु अर्थ के रह्यो र बाचा कसम ढाँटे पछि
एक्लै याहाँ तड्पिएर कति सम्म बाँचुला र
अञ्जुलीमा सजाएको माया फाटे पछि
विश्वास घाति निष्ठुरीलाई पोखौं के गुनासो
माया भन्दै यो दु:खीको ज्यानै चाटे पछि
krishna shrestha
siluwa 6 palpa
बर्षातको झरी सरी, दर्किएर नरोउ सानु
हाँसी हाँसी बिदा देउ, धर्किएर नरोउ सानु
तिम्रै लागी खुसीहरु ,सम्हालेर ल्याउनेछु
बिदाईमा मुस्कान छर, फर्किएर नरोउ सानु
बिछोडका पिडाले, असह्य होला तिमीलाई
आफै भित्र सह्मालिनु, चर्किएर नरोउ सानु
अत्यास लाग्ला तिमीलाई, पर्खाईका दिनहरु
छिट्टै फर्कि आउँछु घरमा, पर्खिएर नरोउ सानु
म बिना एक्लो हूँदा , सम्झनाले सताउदा
झल्को आउँदा तस्बिर, अर्पिएर नरोउ सानु