siluwa 6,5,9 ko khane pani
सिलुवा ६ ,५ र ९ मा यो माघ भित्र मा खाने पनि खाने लक्छ्य लीइएको छ . लगभग खाने पनि योजना को काम आन्तिम चरण मा पुगिसकेको छ बिस्तारै सिलुवा सम्रिद्द बन्दै छ . सबै गा .बि.स भरि येस्तै विकास क पूर्वाधार हरु को बिकाश गरे सिलुवा सम्ब्रिदी हुन समय लाग्दैन र भन्ने छौ हाम्रो सिलुवा ,मेरो सिलुवा ,समिर्दा सिलुवा आजै बाट एस्तो कल्पना गरौ र आफ्नो तर्फ बाट गर्न सकिने काम गरौ
mangal graha ma jane ek matra nepali palpa rampur ko
पुस २२
मंगल ग्रहमा जान छनोट भएका व्यक्तिहरुमध्ये एक नेपाली पनि छानिएका छन् । मंगलग्रहमा मानव बस्ती बसाउने योजना बनाएको नेदरल्याण्डस्थित ‘मार्स वान’ संस्थाले छानेका १ हजार ५८ जना मध्ये एकमा नेपाली पनि परेका हुन् । मार्स वानले तोकेको मापदण्ड पुरा गर्दै पाल्पाको रामपुरका समीर न्यौपाने मंगलग्रह जानेको सूचीमा दर्ता भएका छन् । सो संस्थाले अझै विभिन्न चरणको परीक्षण भने गर्न बाकी रहेको छ ।
प्रत्येक २÷२ वर्षमा ४ जनालाई मंगलग्रहमा पठाउने योजना बनाएको मार्स वानले सन् २०२४ मा पहिलोपल्ट ४ जनालाई पठाउने तयारी गरेको छ । ग्रहमा महिला र पुरुष बराबरीको संख्यामा पठाउने तयारी मार्स वानको छ ।मंगल ग्रहमा जान विश्वभरबाट २ लाख भन्दा बढीले आवेदन दिएका थिए । सो ग्रहमा पुग्न अहिलेको रकेटको गतिले ६ देखि ८ महिनासम्म लाग्नेछ ।