Tuesday, February 11, 2014

gajal

krishna shrestha 
siluwa 6 palpa
now south korea 

तिमी गए पछि त ,आधा भए म
अक्षरहरू मेटिएर ,सादा भए म

यति लामो यात्रा मा ,सहयात्री बने
अहिले ठेस लाग्यो रे ,बाधा भए म

थुन्छु भन्थ्यौ सधै ,मुटु भित्र कोठामा
बेबारीस छोडिदियौ ,छाडा भए म

नङ र मासु जस्तै थियो सामीप्यता
पर पर धकेलिए ,टाढा भए म

हासो थियो खुसी थियो ,जून थिए म
कालो निषाद् रात पर्यो ,गाढा भए म