वी लभ पिपल कतार को प्रयोजन तथा वी लभ पिपल नेपालको सह प्रयोजनमा हाम्रो गाँउ हाम्रो सस्कृति भिडियो प्रतियोगिता सम्पन्न हुने भएको छ । आश्विन १ गते वाट वी लभ पिपलको आधिकारिक यू ट्युव च्यानल मार्फत भिडियो सार्वजनिक हुने वताईएको छ । प्रतियोगितामा पूर्वखोला गाँउपालिका वडा नं १ सिलुवा को नेवा खल सिलुवा तथा श्री मनकामना युवा क्लवले संयुक्त रुपमा तयार पारेको भिडियो सहित १६ वटा समुहको सास्कृतिक भिडियो सार्वनिक हुने तथा आफ्नो गाँउ ठाँउ र संस्कृतिलाई विश्व भर चिनाउने उदेश्यले भिडियो प्रतियोगिताको आयोजना गरिएको ग्रुपले जनाएको छ । भिडियो प्रतियोगिता कात्तिक १० गते विहान १० वजे सम्म हेर्ने दर्शकका आधारमा विजेता घोषणा हुने वताईएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १५,००० ।–,द्धितिय पुरस्कार १०,०००।– तथा तृतिय पुरस्कार ५,०००।– रहेको छ ।
